कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

मुख्य खबर बिहिबार फाल्गुन ५, २०७८

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समयमा नेपालमा थप ५सय ७ जनामा कोरोना पुष्टि भएको छ भने १९ सय ९३ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालय जनाएको छ ।

Leave a Comment