काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस एमसीसी पास गर्ने कुरामा प्रष्ट र अडिक भएको बताएका छन् । कम्युनिस्ट दलहरूले बोली फेरेको भन्दै थापाले कांग्रेसले आफ्नो बोली नफेर्ने बताएका छन् ।
बिहीबार बालुवाटारमा नेता अर्जुननरसिंह केसीको पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’को विमोचन कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘एमसीसीबारे कसले के बोल्यो, त्यसमा हाम्रो ध्यान छैन । कांग्रेस आफ्नो दायित्वबाट च्युत हुन मिल्दैन, हुँदैन । कांग्रेसले क्षणिक लाभको लागि बोली फेर्न जान्दैन ।’
उनले नेकपा एमाले र नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गर्दै अघि भने, ‘हामी बालुवाटारमा हुँदा एउटा बोली, अनि बालकोट र खुमलटार पुगेपछि अर्को बोली बोल्दैनौँ, बोल्न जान्दैनौँ ।’