एमसीसीबारे तीन पक्षका तीन धार, प्रतिपक्ष बाजी मार्ने दाउमा

मुख्य खबर बिहिबार फाल्गुन ५, २०७८

भूपेन्द्र शाह ठकुरी
संसद बैठक अवरोध भइरहेकै अवस्थामा एमसीसी अनुमोदन गर्ने प्रस्तावले संसदमा प्रवेश पाउने भएको छ । राष्ट्रिय सहमति हुनुपर्ने ठानिएको विषयमा सत्तासिन दलभित्रै सहमति भइसकेको छैन । प्रतिपक्ष सत्तापक्षभित्र एकमत हुन्छ की हुन्न हेरेर बसेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले भन्नु भएअनुसार अब एमसीसीको विषयमा संसदमा पुग्ने पक्का पक्की नै छ । तर, सत्तापक्षमै तीन धार देखिएको छ । प्रधानमन्त्री र उहाँको दल कांग्रेस कुनै हालतमा एमसीसी अघि बढाउने पक्षमा छ । एकीकृत माओवादी र नेकपा एस संसोधन सहित लैजाने मान्यतामा देखिएका छन् । राष्ट्रिय जनमोर्चा नेमकिपा कुनै पनि हालतमा नलैजाने पक्षमा देखिएका छन् । जसपा जे भएपनि ठीकै छ भन्ने लाइनमा उभिएको छ ।

तर सत्तापक्षमा मुख्य निर्णायक मानिएका कांग्रेस, माओवादी र नेकपा एसले एकले अर्कालाई डर देखाएर सँगै यात्राको बाटो खोजिरहेका छन् । एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन चुनावसम्म हुन नसक्ने संकेत गरेर माओवादी र एसलाई सँगै तान्न खोजिरहेको छ । माओवादी र एस एमसीसीमा सहयोग गर्ने तर चुनावसम्म गठबन्धनमा सँगै रहने बाटो खोजिरहेका छन् । प्रचण्ड र माधवकुमार नेपाललाई हिजोदेखि एमसीसीको विपक्षमा रहेकाले एमसीसीमा समर्थन गर्न कठिन छ । गठबन्धन छाड्न त्यति नै गाह्रो भइरहेको छ । संसदमा लैजान सहयोग गर्ने तर मतदान नै गर्नुपर्ने अवस्थामा थप छलफल गर्ने दुई नेताको आन्तरिक सहमति छ ।

प्रमुख प्रतिपक्ष एमाले एमसीसीको विरोध नगर्ने तर यसअघिकै अडान कायम राखेर संसदलाई रोक्ने योजनामा छ । एमसीसीमा सहयोग गर्ने अवस्थामा माओवादी र एसलाई कि गठबन्धन त्याग्न बाध्य पार्ने नभए एमसीसीमा मत दिनै पर्ने अवस्था सृजना गर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली रणनीति बनाइरहनु भएको छ । यस हिसावले एमाले पर्ख र हेरको अवस्थामा छ ।

एमसीसी पारित गर्न संसदमा उपस्थित सांसदको बहुमत चाहिने भएकाले कांग्रेस प्रष्ट पक्षमा उभिसके पनि सत्ता सहयात्राका मुख्य दुई दल र प्रतिपक्षमा रहेको एमाले राजनीतिक लाभ हानीको हिसाव किताव गरेर आफ्नो कित्ता प्रष्ट बनाउने रणनीतिमा देखिन्छन् । तीन दलका ३ थरी दाउले राजनीतिक रुपमा पेचिलो बनेको एमसीसी विवाद कसरी निरुपण हुन्छ सङिलइसकेको छैन ।

Leave a Comment