एमसीसी सम्झौता संसदबाट पारित गर्ने प्रयास नगर्न नेता खनालको चेतावनी

Uncategorized बुधबार फाल्गुन ४, २०७८

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमसीसी संसदबाट पारित गर्ने प्रयास नगर्न नेपाली कांग्रेसलाई चेतावनी दिनु भएकोछ ।

नेता खनालले नेपाली जनतालाई गुमराहमा राखेर गरिएको सो सम्झौता संशोधन नभई पारित हुन नदिने आफ्नो पार्टीको अडानसमेत दोहोर्‍याउनुभयो ।

यो सम्झौतामा गम्भिर खालका राष्ट्रिय हितविपरीतका कुराहरु रहेको उल्लेख गर्दै त्यसलाई बल प्रयोग गरेर पास गर्छु भन्न नमिल्ने तर्कसमेत गर्नुभयो ।

नेता खनालले सरकारमा रहेर पनि सरकारले ल्याएका गलत कुराको विरोध गर्न पाउने बताउनुभयो ।

Leave a Comment