कोरोना संक्रमणबाट थप आठ जनाको मृत्यु

समाज सोमवार फाल्गुन २, २०७८

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो पटक ८ जनाको मृत्यु भएको छ भने ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको छ ।

छ हजार दुई सय ७९ पीसीआर परीक्षणमा चार सय ८२ र दुई हजार चार सय १७ एन्टिजेन परीक्षणमा दुई सय ६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय दुई हजार ३ सय १९ जना कोरोना संक्रमण मुक्त भएका छन । अहिले देशभर २० हजार ७ सय ३९ जना सक्रिय संक्रमित छन् ।

८ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको छ । पछिल्लो पटक दुई लाख १६ हजार एक सय १८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन ।

Leave a Comment