गठबन्धन दलकै सल्लाहमा महाअभियोग प्रस्ताव ल्याएका हौं- प्रचण्ड

Uncategorized आइतवार फाल्गुन १, २०७८

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धनकै सल्लाहमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव ल्याएको दाबी गरेका छन् ।

मधेस सरकारले आइतबार जनकपुरमा गरेको जनयुद्ध दिवस कार्यक्रमपछि सञ्चारकर्मीँग कुरा गर्दै अध्यक्ष दाहालले जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेको बताएका हुन् ।

आइतबार सत्ता गठबन्धन कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गरेसँगै प्रचण्डले उक्त कुरा बताए ।

उनले न्यायालयको बेथितीको प्रमुख जिम्मेवार प्रधानन्यायाधीश नै भएको र उपाय ननिस्केपछि गठबन्धनमा सहमति गरेर महाअभियोग लगाइएको दाबी गर्। ‘महाअभियोग लगाएर गठबन्धन भत्किने होइन, बरु झन् बलियो हुन्छ,’ उनले भने

Leave a Comment