थप १४ जना कोरोना संक्रमितको मृत्यु

समाज शुक्रबार माघ २८, २०७८

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै २० हजार ९ सय ८९ जनामा गरिएको कोरोना परीक्षण मध्ये ११ सय २८ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरि २ हजार २१५ जना कोरोना संक्रमितहरु निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Comment