एमालेले स्थानीय तहको निर्वाचन लक्षित प्रशिक्षण गर्दै

मुख्य खबर शुक्रबार माघ २८, २०७८

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको चुनाव लक्षित प्रशिक्षण तथा अभिमुखीकरण अभियान आजदेखि सुरु गर्ने भएको छ ।

अभियानको अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो ।

दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट सुरु हुने अभिमुखीकरण उद्घाटनमा केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरू, प्रदेश कमिटी पदाधिकारी, सङ्घीय तथा प्रदेश सांसद, जिल्ला कमिटी पदाधिकारी र तोकिएका प्रशिक्षार्थी सहभागी हुने रिजालले जानकारी दिनुभयो ।

एमालेले आउँदो सोमबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न पनि सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

Leave a Comment