काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । समिति गठन भएपछि हिजो पहिलोपटक बसेको बैठक आज पनि निरन्तर जारी रहने भएको हो।
बैठकमा खासगरी स्थानीय तहको निर्वाचन, एमसीसी, पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुको महाधिवेशन लगायतका विषयमा छलफल गर्ने अजेन्डा रहेको छ ।
बैठकमा नेताहरूको बोल्ने क्रम नसकिएकाले आज फेरि बैठक बस्न लागेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिनुभयो । पहिलो दिनको बैठकमा गोपालमान श्रेष्ठ, डा शशांक कोइराला, सुनील थापा, उमा रेग्मी विजयकुमार गच्छदारलगायत १२ जना नेताहरुले आफ्नो धारणा राखेका थिए। बैठकमा अधिवेशन बाँकी रहेका १६ जिल्ला र केही क्षेत्रीय समितिको अधिवेशनका विषयमा पनि छलफल भइरहेको छ ।
एमाले