एमसीसी पास गर्न अमेरिकाको दबाब,सत्ता गठबन्धन संकटमा

मुख्य खबर शुक्रबार माघ २८, २०७८

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्न अमेरिकाले दबाब दिरहेकोबेला सत्ता गठबन्धन नै संकटमा पर्ने देखिएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी पारित गरेर अगाडि बढ्नुपर्ने अडानमा हुँदा प्रधानमन्त्री शेरबहादुर देउवा भने जसरी भएपनि एमसीसी पारित गर्नुपर्ने पक्षमा हुनुहुन्छ ।

यसका लागि नेताहरु सहमतीका लागि छलफलमा जुटिरहनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा हिजो भएको छलफलमा प्रचण्ड र नेपालले चुनावअगाडि एमसीसी जस्ताको तस्तै संसद्बाट पारित गर्न नसकिने बताउनुभएको थियोे ।

Leave a Comment