काठमाडौं । बैशाख ३० गते हुने स्थानियतहको निर्वाचनमा ११ लाख बढी मतदाता थपिने भएका छन् । १८ वर्ष पुगेका करिब ११ लाख नयाँ मतदाता नामावलीमा नाम सूचीकृत भएको निर्वाचन आयोगले जनाएको छ । अहिले नामावली रुजु गर्ने काम भइरहेको छ ।
यो तथ्यांक आयोगको अनुमानभन्दा एक लाख बढी भएको आयोगले जनाएको छ । आयोगले मंसिर १७ गतेदेखि १० दिन हिमाली र पहाडी जिल्लामा र १५ दिन तराईका जिल्लामा आयोगले नामावली संकलनको गरेको थियो। इलाका प्रशासन, जिल्ला प्रशासन र स्थानीय तहमा संकलन भएको नामावलीलाई प्रत्येक जिल्लाका आयोगका कार्यालयमा रुजु गरिने सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो । सहायक प्रवक्ता अर्यालका अनुसार आगामी निर्वाचनमा एक करोड ७२ लाखले मतदान गर्ने अनुमान छ । २०७४ को निर्वाचनमा एक करोड ४० लाख ७४ हजार ४२४ जनाले मतदान गरेका थिए ।
स्थानियतहको निर्वाचन हुन अब ९० दिनमात्र बाँकि छ । बैशाख ३० मा ७ सय ५३ वटा स्थानीयतहले फेरि नयाँ जनप्रतिनिधि पाउने भएका छन् । अहिले यसैको तयारीमा राजितिक दल र निर्वाचन आयोग लागि परेका छन् । यतिखेर राजिनीतिकदल गाउँकेन्द्रित भएका छन् भने, निर्वाचन आयोग कसरी निर्वाचनलाई शानत बनाउने भन्ने विषयमा लागि परेको छ । निर्वाचनमा चाहिले बजेटदेखि आवश्यक तयारी आयोग लागेको निर्वाचन आयोगका सुचना अधिकारी सुर्यप्रसाद अर्यालले बताउनुभयो ।