एमसीसी अघि नबढाउन दाहाल र नेपालको सुझाव,पास गर्नै पर्नेमा देउवाको अडान

मुख्य खबर बिहिबार माघ २७, २०७८

काठमाडौं । सत्तारुढ गठबन्धन दलका कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच त्रिपक्षीय भेटवार्ता भएको छ ।

दाहाल र नेपालले देउवाबीच  अहिलेकै अवस्थामा एमसीसी पास गर्न नसकिने भन्दै अझै केही समय लिएर मात्रै अघि बढाउनुपर्ने बताएका थिए ।

उनीहरुले चुनावअघि एमसीसीलाई अघि बढाउन नसकिने स्पष्ट धारणा राखेका छन्। तर, प्रधानमन्त्री देउवाले भने आफूले दिएको समयसीमाभित्रै एमसीसी अनुमोदन गराउनुपर्नेमा अडान लिएकाे स्राेतले जनाएकाे छ  ।

प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले यसअघि सामुहिकरुपमा एमसीसीलाई पत्राचार गर्दै फेब्रुअरी २८ भित्र संसद्‌बाट एमसीसी अनुमोदन गराउने वचन दिएका थिए । तर, माओवादी अध्यक्ष दाहाल त्यो प्रतिवद्धताबाट पछि हटेका छन् ।

 

Leave a Comment