क्रिप्टोकरेन्सी कारोबारोमा संग्लग्न नहुन राष्ट्र बैङ्कको अनुरोध

आर्थिक बिहिबार माघ २७, २०७८

काठमाडौं । क्रिप्टोकरेन्सी कारोवारमा संलग्न नहुन राष्ट्र बैङ्कले सबैलाई अनुरोध गरेको छ । नेपाली अर्थबजारमा पछिल्लो समय क्रिप्टो करेन्सी कारोवारमा संलग्न हुनेको सङ्ख्या बढ्न थालेपछि यस्तो अनुरोध गरिएको हो । भर्चुअल मुद्रा अर्थात अनलाइनबाट अनलाइनमा नै जोडिने र कारोबार गर्न नेपालमा रोक लगाइएको छ ।

क्रिप्टोकरेन्सी अनलाइन मुद्रा भएपनि यसलाई हामीले चलाउदै आएको पैसा जस्तो भौतिक रुपमा छुन वा कारोबार नमिल्ने भएकाले यसबाट ठगिन सक्ने भन्दै राष्ट्र बैङ्कले यसको कारोबारलाई रोक लगाएको छ । राष्ट्र बैंकले जारी गरेको मुद्रा विश्वका जुनसुकै स्थानमा चल्ने यसमा कुनै प्रकारको क्षति भए राष्ट्र बैङ्कले भरपाई गरेपनि क्रिप्टोकरेन्सीमा पारदर्शिता नेखिएको र रकम मात्रै बढिरहेको पाइएपछि यसलाइ नेपालमा खुल्ला नगरिएको नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताउनुभयो ।

क्रिप्टोकरेन्सीलाई साल्भाडोर र पेरुले कानुनी रुपमा नै मान्यता दिएका छन् भने अमेरिका, जापान, क्यानडा जस्ता देशले यसको माध्यमबाट कारोबार गरिरहेका छन् । भारतले पनि केही दिन अघि यसलाई खुल्ला गरेको छ । नेपालमा भने यो मुद्रालाई खुल्ला गर्ने नगर्ने बारेमा अझै बहस चलिरहेको छ । पर्याप्त जानकारी र कानून बिना यसको प्रयोग गर्न नहुने पूर्व अर्थसचिव रामेश्वर खनालले बताउनुभयो ।

Leave a Comment