काठमाडौं । नेकपा एमालेले पार्टीको नियमावली संशोधनसहित पारित गरी लागू गरेको छ । संशोधनसहित पारित भएको पार्टीको नियमावली बुधबार जारी गरेर लागू गरिएको एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल जानकारी दिाुभयो ।
उनका अनुसार ुनेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) को नियमावली, २०५७ (चौथो संशोधन २०७८ सहित)’ र ‘नेपाल कम्युनिष्ट पार्टी (एमाले), जनसंगठन समन्वय सम्बन्धी निर्देशिका(२०७८’ जारी गरी लागू गरिएको हो । माघ १९ गते बसेको पार्टी सचिवालय बैठकले सो नियमावली संशोधनसहित पारित गरेको थियो ।