काग्रेस कार्य सम्पादन समितिको बैठक बस्दै

मुख्य खबर बिहिबार माघ २७, २०७८

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको पहिलो बैठक आज बस्दैछ । बैठक स्थानीय तह निर्वाचन केन्द्रित हुने जनाइएको छ ।

हिजो बसेको कांग्रेस पदाधिकारी बैठकले स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो ।स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको छ ।

बैठकमा कोभिडका कारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ ।

नेपाली कांग्रेसको आज बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्दी्रय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो ।

Leave a Comment