प्रचण्ड र नेपालको छुट्टै भेटवार्ता, एमसीसी र स्थानीय निर्वाचनबारे छलफल

मुख्य खबर बुधबार माघ २६, २०७८

काठमाडौं । सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै भेटवार्ता भएको छ ।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा अमेरिकी सहयोग परियोजना एमसीसी, स्थानीय निर्वाचन, संसद्अवरोध लगायतका विषयमा छलफल भएको बताइएको छ ।

एमसीसीको विषयलाई सत्तारुढ दलहरू विभाजित छन् । माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी संशोसन गरेर मात्रै पास गर्नु पर्ने पक्षमा उभिएका छन्।

एमसीसी टेबल गर्ने विषयमा सहमति हुन नसक्दा आज बस्ने भनिएको प्रतिनिधि सभा बैठक फागुन दुई गते बस्ने गरि स्थागित गरिएको छ ।

अमेरिकाले दिएको समय फागुन १६ गतेसम्म पनि संसदबाट एमसीसी अनुमोदन हुने नहुने टुंगो छैन ।

Leave a Comment