स्थानीय निर्वाचनको अघिल्लो नतिजा र दलिय हिसावकिताब !

मुख्य खबर बुधबार माघ २६, २०७८

भूपेन्द्र शाह ठकुरी

बैशाख ३० गते स्थानिय तहको चुनाव हुने भएपछि दलहरु चुनावको तयारी जुटेका छन् । केहीदिनमा नेता कार्यकर्ता प्रचार–प्रसारसहित मैदानमा देखिनेछन् । अघिल्लो चुनावको नतिजा हेर्दा र अहिलेको दलहरुको राजनीति उपस्थितले कसको प्रभाव कस्तो देखिएला ?

२०७४ को स्थानीय तह निर्वाचनमा ७५३ स्थानीय तहमध्ये २९४ वटा स्थानीय तहमा प्रमुख जितेर एमाले पहिलो पार्टी बनेको थियो । नेपाली कांग्रेस एमालेलाई पछ्याउँदै २ सय ६६ ठाउँमा नेतृत्व जितेर दोस्रो बनेको थियो । नेकपा माओवादी केन्द्र भने १ सय ६ पालिकामा जितेर तेस्रो पार्टी बनेको थियो ।

सबै भन्दा ठूलो दल बनेको नेकपा एमाले अहिले फुटेको छ । एमाले फुटेर माधव कुमार नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी गठन हुँदा केही स्थानीय तहका जनप्रतिनिधिले त्यतै राेजेका छन् । अबको स्थानीय तह निर्वाचनमा एमालेमा फुटको असर पर्ने नै छ ।
नेपाली कांग्रेसले त्यसबेला दोस्रो स्थान हासिल गरेको थियो । केही स्थानीय तहमा उसले माओवादीसंग तालमेल गरेको थियो । यसपटक गठबन्धन अनुसार तालमेल गर्दा हिसाव कितावमा पुरानो संख्या घट्ने सक्ने नेताहरुको आँकलन छ । विजय कुमार गच्छदार नेतृत्वको तत्कालीन लोकतान्त्रिक फोरम पनि एकीकरणमा आएकाले एक्लै हिड्दा पनि पहिलो पार्टी बन्ने दावी नेताहरुको छ ।

अघिल्लो चुनावमा कांग्रेससँग तालमेल गरेर तेस्रो दल बनेको माओवादी केन्द्र यसपटक पनि आबश्यकता अनुसारको तालमेलमा सहभागि भएर उही स्थानमा रहने रणनीतिमा छ । पहिलो र दोस्रो जो भएपनि कांग्रेस एमाले नै हुने उसको आन्तरिक हिसाव किताव छ ।
एमालेबाट छुट्टीएर नेकपा एकीकृत समाजवादी बनेको दलले करिब यसअघि जितेका प्रमुख आफ्नो पक्षमा आएकाले चौथो बन्नसक्ने हिसाव निकालेको छ । तर, सबैठाउँमा तालमेलमा जानैपर्ने निस्कर्ष छ ।

२०७४ मा चौथो र पाँचौ स्थान हासिल गरेका मधेश केन्द्रित दलहरु संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी पछि एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो । अहिले यो पार्टी फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी गठन भएको छ । चुनावमा एक्लै जान कठिन देखिएकाले मधेसकेन्द्रित दल पनि मिलेर जानेमा कोठे छलफल गर्न थालेका छन् ।

यसअघि स्थानीय तहको निर्वाचन हुँदा प्रधानमन्त्रीका रुपमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्थ्यो यस पटक पनि उहाँकै नेतृत्वमा कांग्रेस कै सरकार छ । त्यसको धेरथोर फाइदा मिल्नेमा कांग्रेस ढुक्क देखिन्छ ।

Leave a Comment