पाटे बाघ गणनाका लागि प्रयोगका लागि जडान गरिएका १७ वटा क्यामरा हराए

मुख्य खबर बुधबार माघ २६, २०७८

काठमाडौं। पाटे बाघ गणनाका लागि जडान गरिएका १७ वटा अध्याधुनिक क्यामेरा गायब भएका छन् । बाँके–बर्दिया कम्लेक्समा प्रयोगमा ल्याइएका १७ वटा अत्याधुनिक क्यामरा हराएका हुन् ।

‘ए ब्लक’का नौवटा ‘सी ब्लक’का चार–चार वटा गरेर १७ वटा क्यामरा चोरी भएका हुन् । अहिलेसम्म जंगलमा राखिएका ६ वटा क्यामरामा हात्तिले क्षति पुर्‍याइदिएको छ ।

बाघ आवतजावत गर्दा फोटो खिच्न राखिएको अत्याधुनिक प्रविधियुक्त स्वचालित क्यामराहरु चोरी हुने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया प्रमुख डा. रबिन कडरियाले जानकारी  दिएए। ‘एउटा क्यामरालाई ४० हजारभन्दा बढि मुल्य पर्ने र  क्यामरा हराउँदै जाँदा आर्थिक भार समेत बढ्ने प्रमुख कडरियाकाे भनाइ रहेकाे छ। गणनाका प्रयोग भएका क्यामराहरु बाहिरका मान्छेलाई काम लाग्दैनन्,’ उनले भने, ‘बाघको फोटो खिचेपछि क्यामरा हराउँदा फेरि अर्को क्यामरा राख्नुपर्दा गणनामा समेत प्रभाव पार्छ ।’

हाल बर्दिया–बाके कम्प्लेक्समा चारवटा ब्लक बनाएर बाघ गणना भइरहेको छ । ए र बी नम्बर ब्लक पुरै बर्दिया निकुञ्ज क्षेत्रमा पर्छ भने सी ब्लकमा बर्दिया र बाँके निकुञ्जको केही भाग पर्दछ । डी नम्बर ब्लकमा पुरै बाँके राष्ट्रिय निकुञ्ज पर्छ ।

अहिलेसम्म बाँके–बर्दिया कम्लेक्सका चारवटा ब्लकमध्ये दुई ब्लकमा बाघ गणना भइसकेको छ । बाघ गणनाका लागि बाँके–बर्दियामा  सात वटा टोलीमा ४२ जनाकाे प्राबिधिकहरु खटिएका छन् । यसअघि चितवनमा भएको गणनामा प्रयोग भएका ५ थान क्यामेरा चोरी भएका थिए ।

 

Leave a Comment