काठमाडौं । सहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज आज नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । कोभिड–१९ को कारण स्थगित भएको पुलिस र च्यासलबीचको खेल आज बुधबार हुन लागेको हो ।
लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुनेछ । यस अघि पुलिस र च्यासलबीचको खेल माघ २ गते हुने तालिका थियो । तर, च्यासलका खेलाडीमा कोभिड–१९ को संक्रमण देखिएपछि खेल स्थगित गरिएको थियो । आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् ।
लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११ औं स्थानमा रहेको छ । च्यासल ८ खेलमा ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।