काठमाडौं । फ्रान्सका राष्ट्रपति एमानुअल माँक्रोले राष्ट्रपति पुटिनले रुसी फौजले युक्रेनतर्फको सीमामा सङ्कट नबढाउनेमा आफूलाई आश्वास्त पारेको बताउनु भएको छ ।
रुसले भने सुनिश्चितता खोज्ने कुनै पनि सुझाव ठिक नभएको जनाएको छ । यो साता राष्ट्रपति माँक्रो कूटनीतिक भ्रमणका क्रममा सोमवार मस्कोमा भ्लादिमिर पुटिनसँग झण्डै ६ घण्टा बिताएर हिजो युक्रेनको राजधानी किएभ पुगेको वीवीसीले लेखेको छ ।
त्यसपछि माँक्रो बर्लिन पुगेर जर्मन चान्सलर र पोल्याण्डका राष्ट्रपतिसँग छलफल गर्दै युक्रेनको सार्वभौमसत्ताका पक्षमा संयुक्त प्रतिबद्धता व्यक्त गर्नु भएको छ । युरोपेली सङ्घका विदेशनीति प्रमुख जोसेफ बोरेलले भने माँक्रोको रुस भ्रमणले मुडभेड रोक्न सक्ने केही सम्झौताको विन्दू देखाएको बताउनु भएको छ ।