कोरोना खोपको विवरण पठाउन निर्देशन

समाज बुधबार माघ २६, २०७८

काठमाडौं । सरकारले कोरोना विरुद्ध लगाएको खोपको विबरण दिन सबै निकायलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायलाई अनिवार्य रुपमा आज साँझसम्म खोपको विवरण बुझाउन पत्राचार गरेको छ ।

यस अघि मन्त्रालयले गएको २१ गतेसम्म अनिवार्यरुपमा विवरण बुझाउन भनेकोमा ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले खोपको विवरण उपलब्ध गराएका थिए । तर ६ वटा जिल्ला तथा १ सय ९ वटा स्थानीय तहले तोकिएको समयसीमामा विवरण नपठाएपछि मन्त्रालयले फेरि सूचना जारी गरेको जानकारी दिएको छ ।

खोपको मात्राको विवरण नपठाएका निकायलाई आज कार्यालय समयभित्र अनिवार्य रुपमा पठाउन भनिएको छ । खोपको अभिलेख राख्नका लागि गएको माघ १६ गते स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको थियो ।

Leave a Comment