प्रतिनिधि सभाको बैठक फागुन २ गते बस्दै

मुख्य खबर बुधबार माघ २६, २०७८

काठमाडौं । आजका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ । संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले हिजो साँझ सूचना जारी आजका लागि तय गरिएको प्रतिनिधि सभाको बैठक फागुन २ गते बस्ने जानकारी दिनुभएको हो ।

संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले सरकारको आग्रहमा आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगन गरिएको दावी गर्नुभयो ।

यसअघि आज बिहान ११ बजेका लागि सभामुख अग्नि सापकोटाले कार्य व्यवस्था परामर्श समितिको बोलाउनु भएको थियो । त्यसपछि प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूची पनि संसद सचिवालयले निकालेको थियो ।

Leave a Comment