काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । भोलि बस्ने कार्य सम्पादन समितिको बैठकको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिनुभयो । बैठक आज दिउँसो साढे २ बजे ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ ।
पदाधिकारी बैठक मंगलवार पनि बसेको थियो। हिजोको बैठकमा सभापति शेरबहादुर देउवा अनुपस्थित हुनुहुन्थ्यो । आज सभापति देउवासहितको बैठक बस्न लागेको सहमहामन्त्री पाण्डेले बताउनुभयो । बिहीवार बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुने बताइएको छ ।