काठमाडौं । बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनका लागि दलहरु तयारीमा जुटेका छन् । सत्तासिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र कार्यक्रमसहित चुनावका जानेगरि छलफलमा जुटेका छन् भने नेकपा एस संगठन विस्तारसहितको कार्यक्रम बनाउँदैछ । प्रमुख प्रतिपक्षदल एमालेले पनि चुनावको तयारीका लागि नेता कार्यकर्तालाई निर्देशन दिसकेको छ ।
जसपा पनि पहिलो चरणमा मधेस प्रदेशमा कार्यक्रम बनउने योजनामा छ । सबै दलहरुले आज औपचारीक, अनौपचारी छलफल गर्दैछन् । राप्रपा भने निर्वाचन परिचालन समिति गठन गरेर यसअघि नै निर्वाचनमा होमिएको छ । तीन चरणमा सम्पन्न अघिल्लो स्थानीय निर्वाचनमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको थियो । नेपाली कांग्रेस दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा थिए । तत्कालीन सत्ता साझेदार दलका हिसाबमा कांग्रेस र माओवादीले १ सय भन्दा बढी स्थानीय तहमा चुनावी तालमेल गरेका थिए ।
केही स्थानीय तहमा एमाले–माओवादी सहकार्य पनि भएको थियो । अबको निर्वाचनमा पनि अर्कोपार्टीसँग तालमेल गर्ने या एक्लै प्रतिसपर्धा गर्ने भन्ने विषयमा पार्टीभित्रै आन्तरिक छलफल चल्न थालेको छ । यता दलहरु निर्वाचनको तयार गरिरहेको बेला उता निर्वाचन आयोगले पनि चुनावको लागि तयारी तिब्र रुपमा अघिबढाएको जनाएको छ । आज कार्यतालि तयार गर्न आयोगको बैठक पनि स्दैछ । चुनावका लागि थोरै समय बाँकि रहेकाले यसका लागि फास्टट्रयाकबाट काम गरिरहेको आयोगले जनाएको छ ।