कमल थापाद्वारा राप्रपा परित्याग गरेको घोषणा

मुख्य खबर मङ्लबार माघ २५, २०७८

काठमाडौं। राष्टिय प्रजातन्त्र पार्टीका निर्वतमान अध्यक्ष कमल थापाले राप्रपा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत अत्यन्त भारि मन तथा पिडावोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु भन्दै उल्लेख गरेका छन् ।

३१ वर्ष राप्रपामा रहँदा विताएका क्षणहरु प्रति म सदैव गौरव गरि रहने छु । राप्रपाका कुनै साथीहरुसँग मेरो वैरभाव छैन । सबैको भलो होस् भन्ने कामना गर्दछु भन्दै उल्लेख गरेका छन् ।

कमल थापाले हिजो मात्रै आफू अनुकुल नेताकार्यकर्ताहरुको भेला गर्दै अर्काे पार्टी खोल्ने सन्देश दिएका थिए । थापा पछिल्लो समय राप्रपा अध्यक्षमा पराजित भएपछि राजासँग समेत असन्तुष्टि जनाउँदै आएका थिए ।

Leave a Comment