काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा “ गज्जब ६ मुद्दती खाता”सञ्चालनमा ल्याएको छ । भविष्यमा आफ्ना ग्राहकवर्गहरुलाई आइपर्ने आर्थिक व्यय भार, औषधोपचार, शैक्षिक खर्चका साथै अन्य सामाजिक दायित्व सहजतापूर्वक परिपूर्ति गर्नका लागि यो योजना सहयोगीसिद्ध हुनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।
मुद्दती खाताका विशेषताहरु निम्नानुसार रहेका छन्ः
– निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने ।
– यो मुद्दती खाता जुनसुकै उमेर समूहका व्यक्तिले खोल्न सक्ने ।
– न्यूनतम रु. १०,०००÷– (अक्षेरुपी रु. दश हजार)मा मुद्दती खाता खोल्न सकिने ।
– निशुल्क क्रेडिट कार्ड प्राप्त गर्न सकिने ।
– सावाँ तथा पाकेको ब्याजको ९०% सम्म कर्जा प्राप्त गर्न सकिने ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सातै प्रदेशमा छरिएका ८८ शाखाहरु, ३१ विस्तारित काउन्टर, ५८ शाखा रहित
बैंकिङ्ग केन्द्र तथा १३१ एटिएम मार्फत गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको यस बैंक अन्तर्राष्ट्रिय प्रकासन– युरोनोमीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक ‘२०७५ र २०७८’ युरोनोमी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा
नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको छ ।