नेपालमा कारोना संक्रमण घट्यो

मुख्य खबर मङ्लबार माघ २५, २०७८

काठमाडौं । नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ४० हजारमा झरेको छ । पछिल्लो १५ दिनदेखि देशभर नयाँ सङ्क्रमित थपिनेको सङ्ख्या निरन्तर ओरालो लाग्दै गएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हाल देशभर ४० हजार १ सय ११ सक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको तेस्रो चरणको लहरमा झन्डै ९५ हजार पुगेको सक्रिय सङ्क्रमितको सङ्ख्या निरन्तर ओरालो लाग्न थालेपछि जनजीवन पनि सामान्य बन्दै गएको छ ।

गत २४ घन्टामा देशभर १ हजार ५ सय ७० जनामा सङ्क्रमण पुष्टि भएको छ भने थप १३ जनाको मृत्यु भएको छ । देशभर रहेका सक्रिय सङ्क्रमितमध्ये थप ६ हजार १ सय ४६ जना स्वस्थ भएका छन् ।

Leave a Comment