काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।
निर्वाचन आयोगले केही समयअघि दिएको परामर्श अनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।