काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले आज दिउँसो ३ बजेका लागि मन्त्रीपरिषदको बैठक आव्हान गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने मन्त्रिपरिषद्को बैठकले स्थानीय तह निर्वाचनको मिति र एमसीसीका बारेमा निर्णय गर्ने तयारी गरेको छ ।
मन्त्रिपरिषद्को नियमित बैठक हरेक सोमबार र बिहीबार बस्ने प्रचलन भए पनि आजको बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्न सक्ने बताइएको छ ।
यसअघि निर्वाचन आयोगले जेठ ४ गते स्थानीय चुनावको मिति घोषणा गर्न सरकारलाई सिफारिस गरिसकेको छ ।
हिजो मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ताघटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग स्थानीय तहको चुनावलगायतका विषयमा छलफल गरेका थिए ।