पेट्रोल छर्केर आगो लगाई आफ्नै भाउजूको हत्या

समाज सोमवार माघ २४, २०७८

सप्तरी । सप्तरीमा एक युवकले आफ्नै भाउजूलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन् । सप्तरीको बोदेबरसाइन नगरपालिका–१ धनगढीका २० वर्षीय परमेश्वर साहले भाउजू राजकुमारीको शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन ।

आगो लगाएर घाइते भएकी राजकुमारी साहको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रमेश्वर भने घटना लगत्तै फरार रहेको र उनको खोजी भइरहेको सप्तरीको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।

Leave a Comment