कांग्रेस प्रवक्तामा डा. महत नियुक्त

मुख्य खबर सोमवार माघ २४, २०७८

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको प्रवक्तामा डा. प्रकाशशरण महत नियुक्त भएका छन् । डा. महतलाई सभापति देउवाले प्रवक्ताको जिम्मेवारी दिएको कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

महतलाई सभापति देउवाले आज सोमबार पार्टीको प्रवक्तामा नियुक्त गरेका हुन्। यसअघि पार्टी प्रवक्ता रहेका विश्वप्रकाश शर्मा कांग्रेसको हालै सम्पन्न १४औं महाधिवेशनबाट महामन्त्री बनेका छन्। डा. महत सभापति देउवाका विश्वासिला पात्रका रुपमा चिनिदै आएका छन् ।

Leave a Comment