उपत्यकामा आजदेखि जोर–विजोर प्रणाली हट्यो

मुख्य खबर सोमवार माघ २४, २०७८

काठमाडौं । काठमाडौं उपत्यकाका सवारीमा लागू गरिएको जोर–विजोर प्रणाली आजदेखि हटेको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले सिसिएमसीसीले दिएको आदेशका आधारमा उक्त निर्णय गरेको हो।

जोरबिजोर प्रणाली हटाइए पनि सार्वजनिक सवारीसाधन सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उपत्यकाका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कोभिड संक्रमण बढेपछि माघ ७ बाट लगाइएको जोरबिजोर प्रणाली माघ १४ बाट खुकुलो बनाइएको थियो। तर ट्याक्सी र निजी सवारीसाधनमा भने जोरबिजोर कायमै थियो।

यस्तै विद्यालय र कलेजहरु भने फागुन १ गतेदेखि भौतिक रुपमा सञ्चालन गर्न पाइने छ। तर, १२ वर्ष मुनिका बालकालिकाका लागि स्थानीय तहलाई जिम्मा लगाउने निर्णय भएको छ। फागुन १ देखि सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय खोल्न दिने निर्णय गरेको छ । तर राति १० बजेपछि भने यस्ता व्यवसाय सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ।

Leave a Comment