खुकरी प्रहारबाट दुई जनाको हत्या

समाज सोमवार माघ २४, २०७८

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ माथिल्लो चिम्लिङमा खुकुरी प्रहारबाट दुईजनाको हत्या भएको छ । हिजो साँझ चिम्लिङ विजय तामाङले मादक पदार्थ सेवन गरी स्थानीयवासी ७० वर्षीया वासुमाया तामाङ र ५९ वर्षीय सन्तवीर तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्त विजयलाई प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । किन हत्या गरिएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Comment