थप ११ जना कोरोना संक्रमितको मृत्यु

मुख्य खबर आइतवार माघ २३, २०७८

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै आज थप १३८६ जनामा कोरोना पुष्टि भएको छ भने संक्रमित थपिँदा ८७०४ जना संक्रमणमुक्त भएका छन् । हाल सम्म नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ४५ हजार २४८ रहेको छ ।

Leave a Comment