भोलीदेखि नीजि सवारीमा जोर-बिजोर प्रणाली हटाइने र फागुन १ गतेबाट विद्यालय खुल्ने

मुख्य खबर आइतवार माघ २३, २०७८

काठमाडौं । कोरोना महामारीका कारण काठमाडौं उपत्याका नीजि सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली भोली (सोमबार)बाट हटाइने भएको छ ।

आज बसेको सीसीएमसीको आइतबार बसेको बैठकले सोमबारदेखि जोरबिजोर हटाउन सिफारिस गरेको हो । अहिले निजी सवारी साधन र ट्याक्सीमा जोर–बिजोर प्रणाली लागु भएको छ । बैठकले फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।

कोरोना संक्रमण बढेपछि माघ महिनाभर विद्यालय बन्द गरिएको थियो । माघ १५ देखि २० सम्म विद्यार्थीलाई खोप लगाउन विद्यालय खुलेका थिए ।

Leave a Comment