सभामुखलाई कानूनमन्त्रीले भने,एमसीसी सदनमा पेश हुने वातावरण बनाउनुहोस्,म प्रस्ताव ल्याउँछु

मुख्य खबर आइतवार माघ २३, २०७८

काठमाडौं । सभामुख अग्नी प्रसाद सापकोटा र कानूनमन्त्री दिलेन्द्र प्रसाद बडुबीच भेटवार्ता भएको छ । भेटमा कानून मन्त्री बडुले एमसीसी संसदमा पेश गर्ने वातावरण बनाउन सभामुख सापकोटासँग अुनरोध गरेका छन् ।

करिव आधा घण्टा भएको भेटवार्तामा कानूनमन्त्री बडुले एमसीसी जस्तो विषयमा सदनबाहिरको छलफलबाट नटुंगिने स्पष्ट पारेका छन्। बाहिरबाहिर छलफल गरेर टुंगिने विषय होइन। प्रतिनिधि सभाको बैठकमा पेस हुने वातावरण बनाउनुस्। म प्रस्ताव ल्याउँछु, मन्त्री बडूले आफूले सभामुखलाई भनेको बताएका छन् ।

उनले एमसीसीसँगको सम्झौताको सन्दर्भमा जनताका प्रतिनिधिहरुले नै छलफल गर्न पाउनुपर्ने बताएका थिए। त्यसलाई स्वीकार गर्ने वा नगर्ने अधिकार पनि उनीहरुकै भएको मन्त्री बडूको भनाइ थियो।

मन्त्री बडुले सदनमै हुने छलफलले एमसीसीको सहयोग हामीलाई चहिन्छ कि चाहिँदैन भन्ने औपचारिक टुंगो लगाउनु पर्नेमा जोड दिए ।

Leave a Comment