काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले यथास्थितीमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) स्वीकार गर्न नसकिने बताएका छन् ।
नेपालमा एमसीसी पारित गर्ने विषयमा प्रधानमन्त्री शेर बहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीलाई लिएको संयुक्त पत्र सार्वजनिक भएसँगै नेता श्रेष्ठले तत्काल एमसीसी पारित गर्न नसकिने बताएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेका छन, प्रधानमन्त्री देउवा र अध्यक्ष कमरेड प्रचण्डद्वारा एमसीसी अमेरिकालाई पठाइएको भनि सार्वजनिक गरिएको पत्रका कारणबाट एमसीसी कम्प्याक्टका बारेमा हाम्रो पार्टीको दृष्टिकोण र अडानप्रति कुनै द्विविधा र भ्रममा नपर्न आम पार्टी पंक्ति र सबैमा अनुरोध छ।
पार्टी दृढ छ,यथास्थितिमा यो संझौता स्विकर गर्न र संसदीय अनुमोदन प्रक्रियामा अघि बढाउन मिल्दैन ,सकिदैन भन्दै उल्लेख गरेका छन् ।