एमसीसी अनुमोदन र स्थानीय तहको निर्वाचनबारे देउवा र ओलीबीच छलफल हुँदै

मुख्य खबर आइतवार माघ २३, २०७८

काठमाडौं । सत्तारुढ गठबन्धन भित्र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पाेरेसन एमसीसीको विषयमा सहमती जुट्न नसक्दा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाबीच भेटवार्ता हुने भएको छ ।

प्रधानमन्त्री देउवालाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । आज ४ बजे हुने भेटवार्तामा एमसीसी र स्थानीय तहको चुनावको मिति घोषणा छलफल हुने भएको हो ।

स्रोतका अनुसार प्रधानमन्त्रीले माओवादी अध्यक्ष प्रचण्डसहित राखेर छलफल गर्ने सम्भावना छ । आजको भेटवार्तालाई महत्वका साथ हेरिएको छ ।

Leave a Comment