फागुन १ गतेबाट रेल सेवा सुचारु गर्ने सरकारीको तयारी

मुख्य खबर आइतवार माघ २३, २०७८

काठमाडौं । सरकारले फागुन १ गतेदेखि नेपालमा रेल चलाउने तयारी गरेको छ । जनकपुरदेखि जयनगरसम्म रेल चलाउन लागिएको हो । तर यात्रु भने औपचारिक रूपमा रेल उद्घाटन भएपछि मात्रै चढ्न पाउनेछन । अहिले सर्वसाधारणलाई सचेतनाका लागि दिनमा एक पटक रेल चलाउने तयारी गरिएको जनाइएको छ ।

अहिले प्रत्येक स्टेशनमा इन्टरनेट, टेलिफोन, संचार सुविधा लगायतका व्यवस्थापन भइरहेको रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताउनुभयो । रेल सेवाको औपचारिक उद्घाटनको मिति तय नभएपनि नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा गर्ने सेवाको उद्घाटन गर्ने जनाइएको छ ।

Leave a Comment