काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही माघ २७ गत्ते बस्नेगरि बोलाएको छ । बैठक पार्टी कार्यालय सानेपामा बस्ने जनाइएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी म्याद सकिएका भ्रातृ एंव शुभेच्छुक संस्था र जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन बारे छलफल गर्न समिति बैठक आह्वान गरिएको जानकारी दिनुभयो ।
नेपाली कांग्रेसका १३ भ्रातृसंस्थामध्ये अधिकांशको कार्यकाल सकिएको छ भने नेपाल विद्यार्थी संघ,तरुण दल,महिला संघ,दलित संघ र मुस्लिम संघ नेतृत्वविहीन अवस्थामा छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचन केन्द्रीय समितिको तेस्रो बैठकले दुईसाता अघि ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो ।