कर्णाली प्रदेशमा तीन महिनापछि मन्त्रीपरिषदलाई पूर्णता दिने तयारी

कर्णाली आइतवार माघ २३, २०७८

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले सरकार गठनको तीन महिनापछि मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गर्नुभएको छ ।

मुख्यमन्त्री शाहीले आज गठबन्धन दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको हो ।

प्रदेश सरकारमा माओवादी केन्द्रले ४, कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले ३ मन्त्रालय दाबी गरिरहेका छन् । सत्ता गठबन्धन दलबीच केन्द्रमा भएको सहमतिअनुसार माओवादीलाई ३, कांग्रेसलाई तीन र एकीकृत समाजवादीलाई २ वटा मन्त्रालय दिने तयारी छ ।

केन्द्रको सहमतिअनुसार मुख्यमन्त्री शाहीले बाँकी ५ मन्त्रालयमा मन्त्री नियुक्तिको तयारी गर्नुभएको हो ।

Leave a Comment