रीता शाही
काठमाडौं । बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले बैकल्पिक उर्जा संगको सहकार्यमा १२७ थान फलामे चुल्हो वितरण गरेको छ । गाउँपालिका वडा नं ३ र ४ का समुदायमा बसोबास गर्ने दलित र जनजातिका बिपन्न परिवारहरुलाई फलामे २ मुखे चुल्हो वितरण गरिएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले जाकनारी दिनुभयो ।
हिमाली गाउँपालिकाका अधिकांस बस्तीहरुका प्राय सबै घरपरिवारले खाना पकाउने मुख्य इन्धनको रुपमा दाउराको प्रयोग गर्ने गरेको र सबै जसो घरका चुल्होहरु परम्परागत धुवाँवाला रहेको र यसले नागरिकहरुको स्वास्थ्यमा गम्भीर असर पारिरहेकोले धुवाँ रहित फलामे चुल्हो वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले बताउनुभयो ।
अधिकृत भण्डारीका अनुसार कम दाउराको प्रयोग गरि छिटो छरितो र धुवाँमुक्त घरको बाताबरणमै खाना पकाउन सकिने र चिसो स्थानमा समेत घर तताउन पनि उत्तम हुन्छ र बिशेषगरि दम ,मुटुको रोग , छाती सम्बन्धि समस्या,श्वासप्रश्वास सम्बधि स्वास्थ्य समस्या धुवाँकै कारणबाट हुने हुँदा त्यस्तो समस्याबाट समेत जोगिन यो चुल्होको प्रयोग उपयुक्त हुन्छ ।
हिगाउँपालिकाको पहलमा अन्य धेरै दलित बस्तीमा यस अघिका वर्षमानै सुधारिएका चुल्होहरु वितरण गरिएको र बाँकि रहेका बस्तीहरुमा आगामी दिनहरुमा वितरण गर्ने योजना रहेको कुरा प्रमुख प्रशासकीय अधिकृत राज बहादुर भण्डारीले जानकारी दिनुभएको छ ।