हिमाल आरोहण अनुमतिबाट ५५ करोड ९८ लाख रोयल्टी सङ्कलन

फिचर शुक्रबार माघ २१, २०७८

काठमाडौं । गत बर्ष देशभरका हिमाल आरोहण अनुमतिबाट ५५ करोड ९८ लाख रोयल्टी सङ्कलन भएको छ । राष्ट्रिय वित्त आयोगका अनुसार १ सय ८० समुहबाट १ हजार ४ सय २७ जनाले देशभरका बिभिन्न हिमाल आरोहणको लागि अनुमति लिएका थिए ।

सङ्कलन भएको रोयल्टी ५० प्रतिशत सङ्घलाई स्थानीय र प्रदेश सरकारलाई २५/२५ प्रतिशत बाँडफाँड गरिएको छ । गत बर्ष सबैभन्दा बढि प्रदेश १ ले १२ करोड ११ लाख ८४ हजार,बागमती प्रदेशले १ करोड ३१ लाख ६६ हजार, गण्डकी प्रदेशले ५५ लाख ४ हजार, कर्णाली प्रदेशले १ लाख ४१ हजार र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशले ९ हजार रोयल्टी प्राप्त गरेको छ ।

रोयल्टी प्राप्त गर्ने देशभरका ८६ स्थानीय तहमध्ये सबैभन्दा बढि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले गत बर्ष ९ करोड ५ लाख र दोस्रोमा सङ्खुवासभाको मकालु गाउँपालिकाले १ करोड २ लाख रोयल्टी सङ्कलन गरेको छ । रोयल्टीबाट प्राप्त भएको रकमले मकालु हिमाल जाने पदमार्ग, पुल लगायका संरचना निर्माण गरिएको उपाध्यक्ष चमेली राइले जानकारी दिनुभयो । नेपालमा ६ हजार भन्दा माथी उचाइका १३ सय १० हिमाल रहेकामा ४ सय १४ हिमाल आरोहण गर्न योग्य छन् । ति हिमालमा वार्षिक १ हजार ५ सय बढिले आरोहण गर्ने गरेका छन् ।
नेपाल  पर्यटक बढ्दै
सन् २०२२ को पहिलो महिनामा नेपाल भित्रने पर्यटकको संख्यामा उल्लेख्य सुधार आएको छ। अध्यागमन विभाग र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जनवरीमा १६ हजार ९७५ पर्यटक नेपाल आएका छन्।

कोभिड–१९ महामारीको तेस्रो लहर उचाइमा रहेको अवस्थामा पनि अघिल्लो जनवरीको तुलनामा ९० प्रतिशतभन्दा बढी पर्यटक नेपाल आएका हुन्। जनवरीमा नेपालका प्रमुख पर्यटकीय बजार भारत, संयुक्त राज्य अमेरिका, बेलायतजस्ता देशबाट गत वर्षको तुलनामा धेरै पर्यटक आएको तथ्यांकले देखाउँछ। भारतबाट जनवरीमा सबैभन्दा धेरै तीन हजार ९१६ पर्यटक नेपाल आएका छन्।

त्यसपछि संयुक्त राज्य अमेरिकाबाट तीन हजार २५७ तथा बेलायतबाट एक हजार ८२४ जना नेपाल आएको तथ्यांकले देखाउँछ। नेपालको प्रमुख पर्यटकीय बजार मानिने चीनबाट नेपाल आउने पर्यटकको संख्या भने घटेको छ। जनवरीमा चीनबाट ३२१ पर्यटक नेपाल आएका छन्। कोभिड संक्रमणका कारण हवाई उडानमा प्रतिबन्ध लगाएकाले पनि चीनबाट नेपाल आउने पर्यटक कम देखिएको हो। उल्लिखित पर्यटकको संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भित्रिनेको मात्र हो।

Leave a Comment