कोरोना भाइरस मूल प्रजातिको भाइरस नेपालमा पनि पुष्टि

मुख्य खबर शुक्रबार माघ २१, २०७८

काठमाडौं ।सन् २०१९ मा फेला परेको कोरोना भाइरसको मूल प्रजातिमध्ये पछिल्लो प्रजाती नेपालमा पनि पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्यका प्रयोगशालाका प्रवक्ता राजेश कुमार गुप्ताले ओमिक्रोनको सहप्रजाति नेपालमा पुष्टि भइसकेको सीआईएनसँग बताउनुभयो ।

कतिजना व्यक्तिमा यो सहप्रजाति देखिएको भन्ने बारेमा भने विवरण सङ्कलन भइनसकेको उहाँको भनाइ छ । सशस्त्र प्रहरी अस्पतालका प्रमुख विशेषज्ञ डा रोशनकुमार झाले ओमिक्रोनको सहप्रजातिका कारण मानिसहरूमा फेरिफेरि सङ्क्रमण हुने गरेको पाइएको बताउनुभयो । कोरोना भाइरसको मूख्य भाइरसको सार्स सीओभी २ पछि अल्फा, गामा, डेल्टा, कापा लगायतका स्वरुप फेला परेका छन् ।

सन् २०२१ को नोभेम्बरमा फेला परेको ओमिक्रोनले सङ्क्रमण तीव्र बनाउँदै गर्दा यसको सह प्रजाति बीए डट २ अर्थात् स्टिल्थ हालसम्म नेपालसहित विश्वका ५७ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।

कोरोना भाइरसको पछिल्लो समय फेला परेको ओमिक्रोन स्वरुपले सङ्क्रमणदर बढाएपनि मृत्यु हुनेदर भने बढाएको छैन र गत वर्षको जस्तो त्रास पनि फैलिएको छैन भने यसले मानिसलाई गम्भीर गराउने दर पनि कम रहेको छ ।

Leave a Comment