देशका विभिन्न ठाउँमा हिमपात, जनजीवन प्रभावित

मुख्य खबर शुक्रबार माघ २१, २०७८

काठमाडौं । काठमाडौँ उपत्यका सहित देशभर गएरातिदेखि पानी परिरहेको छ । पश्चिमी वायुको प्रभावका कारण देशै भरि पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएरातीदेखि काठमाडौँ वरीपरीका डाँडा चन्द्रागिरी, फुल्चोकी शिवपुरीमा हिउँ परेको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायतका पहाडी जिल्लामा हिमपात भएको छ । बाक्लो हिमपात हुँदा देशका विभिन्न ठाउँमा जनजीवन कष्टकर भएको छ । सुदूरपश्चिममा तेस्रो पटक हिमपात भएको छ । यसअघि माघ दोस्रो हप्ता र गएको पुसमा पनि सुदूरपश्चिमा उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपात भएको थियो । बैतडीका अनारखोली, सतबाँझ, मेलौलीलगायका क्षेत्र, डोटीको गैरा, डडेलधुराको भीमदत्त राजमार्ग क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारण तीन वटा राजमार्ग बन्द भएका छन् । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग बन्द भएको इलाका प्रहरी कार्यालय बैतडी पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिनुभयो । वर्षासँगै हिमपात भएपछि किसान भने खुसी भएका छन् ।हिमपात र वर्षाले गहुँलगायत हिउँदेबाली सप्रिने भएकाले किसान खुसी भएका हुन् । यस्तैकर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । हिमपातका कारण हवाई उडान प्रभावित भएको छ । नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यान्न ढुवानी हिमपातका कारण रोकिएको छ । सरकारी तथा गैरसरकारी कार्यालयको सेवा पनि प्रभावित बनेको जनाइएको छ ।

यता मौसमपूवानुमान महाशाखाले आइतबारसम्म मौसम बद्ली रहने जनाएको छ । आज दिउँसो देशका धेरै स्थानमा मेघ गर्जन÷चटयाङ् र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज गण्डकी तथा लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी तर देशै ्भरी सामान्य तथा मध्यम बर्षाका सम्भावना रहेको मौसमविद राजु प्रधानांगले बताउनुभयो ।

देशका धेरै स्थानमा मेघ गर्जन÷चटयाङ र असिनासहित वर्षा र देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Leave a Comment