काठमाडौं । सत्तारुढ गठबन्धनको प्रमुख घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी आर्थिक सहायता सम्झौता (एमसीसी) संशोधन नगरी पारित नहुने बताउनुभएको छ ।
पार्टीको कर्णाली प्रदेश कमिटी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गर्दै प्रचण्डले यथास्थितिमा एमसीसी पारित नहुने बताउनुभयो ।
प्रमुख प्रतिपक्षी दल एमालेले एमसीसीलाई देखाएर गठबन्धनमा खेल्न खोजेको पनि प्रचण्डले आरोप लगाउनुभयो । स्थानीय निर्वाचन जेठमा हुन उल्लेख गर्दै उहाँले पार्टीलाई गाउँ केन्द्रित बनाउनुपर्ने बताउनुभयो ।