स्थानीय तहको निर्वाचनको मिति घोषणा नहुँदासम्म मतदाता नामावली संकलन जारी रहने

मुख्य खबर बिहिबार माघ २०, २०७८

काठमाडौं । निर्वाचन आयोगले स्थानीय चुनावको मिति घोषणा नहुँदासम्म फोटोसहितको मतदाता नामावली संकलन जारी राख्ने भएको छ । आयोगले विज्ञप्ति मार्फत मिति घोषणा भएको दिनसम्मको मात्रै विवरण अद्यावधिक गरी अन्तिम नामावली प्रकाशन गरिने जनाएको छ ।

स्थानीय चुनावलाई लक्ष्य गरेर आयोगले विशेष अभियान सञ्चालन गरी गत मंसिर १७ देखि १९ सम्म पालिकास्तरमै प्राविधिक खटाएर नामावली संकलन गरेको थियो । उक्त अभियानबाट ८ लाख ४८ हजार थप मतदाताको विवरण संकलन भएको आयोगले जनाएको छ । यस अभियानमा १६ वर्ष पुगेकाको विवरण पनि समेटिएकाले मताधिकार प्राप्त १८ वर्ष उमेर पुगेकाको संख्या यकिन भइनसकेको आयोगका प्रवक्ता शालिगा्रम शर्मा पौडेलले जानकारी दिनुभयो ।

Leave a Comment