कोरोनाबाट थप १२ जनाको मृत्यु, ३ हजार बढि संक्रमित थपिए

मुख्य खबर बुधबार माघ १९, २०७८

काठमाडौं ।कोरोना भाइरस संक्रमण परीक्षण घट्दा सङ्क्रमितको सङ्ख्या केही घटे पनि मृत्यु हुनेको सङ्ख्या भने बढेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, आज ११ हजार ५८२ जनाको स्वाब परीक्षण गर्दा तीन हजार ६३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

आज कोरोनाबाट १२ जनाको मृत्यु भएको छ। मंगलबार नौ जनाको मृत्यु भएको थियो। योसँगै मृत्यु हुनेको सङ्ख्या ११ हजार ७६४ पुगेको छ।

पछिल्लो २४ घण्टामा सात हजार ५५५ जना निको भएका छन्।

 

Leave a Comment