निर्वाचन आयोगले सिफारिस गरेको मितिमा निर्वाचन हुनुपर्छ- ओली

मुख्य खबर बुधबार माघ १९, २०७८

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगले सिफारिस गरेको मितिमा स्थानीय निर्वाचन गर्नैपर्ने बताउनुभएको छ । आज बसेको पार्टी केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै उहाँले निर्वाचन सरकारको स्वेच्छाको विषय हुन नसक्ने भएकाले तोकिएकै मितिमा चुनाव गर्नुपर्ने बाध्यता रहेको बताउनुभएको हो ।

उहाँले सरकारमा रहेका पार्टी र तिनका नेताहरुले ७९ चैत्रमा निर्वाचन गर्छौ भन्ने खालका बकवास गरिरहेको आरोप लगाउनभयो । यसैबीच, नेकपा एमालेको सचिवालयको आज बसेको बैठकमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने बारे छलफलमा भएको एमालेले जनाएको छ । बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल भएको थियो ।

Leave a Comment