काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय निर्वाचन र एमसीसीबारे छलफल भएको छ । गठबन्धनभित्र एमसीसी पास गर्ने विषयमा मतभेद रहेको छ ।
माओवादी र एकीकृत समाजवादी यथास्थितिमा एमसीसी पास गर्ने पक्षमा छैनन् भने प्रधानमन्त्री देउवा गठबन्धन तोडेर भए पनि एमसीसी पास गराउने पक्षमा देखिनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्रीले अमेरिकी सहयोग मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौता छिटो संसदबाट पारित गर्ने विषयमा प्रचण्ड र नेपाललाई सहयोग गर्न आग्रह गर्नुभएको जनाइएको छ ।
जवाफमा प्रचण्ड र नेपालले एमसीसी सम्झौतामा रहेका केही विषयमा प्रष्ट पारेर मात्रै पारित गर्नुपर्ने अडान दोहो¥याउनुभएको थियो । हिजो निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेर स्थानीय तह चुनावको मिति तोक्नेबारे भएको छलफलका बारेमा पनि जानकारी गराउनुभएको थियो ।